ललिता निवास छानबिनमा सहयोग गर्न भ्रमण छोट्याएर आएको छुः माधवकुमार नेपाल
-आस्था न्यूज
साउन २९, २०८० काठमाडौं ।
नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा हुने छानबिनमा आफ्नो सहयोग रहने बताएका छन् ।
युरोपको भ्रमणको छोट्याएर सोमबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललिता निवास जग्गा प्रकरणमा आफूले गल्ती नगरेको दाबी गरे ।
ुनबिराउनु नडराउनु भन्ने छ । बिराएको छैन भ्रष्टचार गरेको छैन, नेपालले भने, बदमासीमा भएको विषयमा छानबिन होस् । त्यसमा मेरो पूर्ण सहयोग रहने छ ।
उनले आफूले बालुवाटार मास्टर प्लान असल मनसायले अघि बढाएको बताए । मैले नितान्त असल मनासयले अघि बढाएको हो । नेपाल सरकारको जग्गामा नेपाल सरकार हुने गरेको हो, नेपालले भने, ुस्रेस्ता कायम गर्न भनेर राम्रो गरेको हो । सरकारी जग्गा र अन्य जग्गा छुट्टाएर गर्ने, सट्टा गरिने भएको हो ।
नेपालले त्यसमा नाम नक्कली मोही कसरी पर्यो त्यस विषयमा छानविन हुनुपर्ने बताए । जोजो यसमा संलग्न त्यसलाई कारबाही हुनुपर्छ । मेरो यस्तो कुरामा संलग्नता छ त्यो पनि देखाउनु पर्छ । यो जग्गा जटिल र अफ्ठ्यारो झमेलावाला हो भन्ने त्यस समयमा थाहा थिएन, नेपालले भने ।