Trending :
 

कर तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्ने कांग्रेस सभापति देउवाको भनाई

श्रावण २९,२०८०

-आस्था न्यूज

साउन २९, २०८० काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
 
सोमबार कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर तिरेर सुन ल्याउन दिनुपर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए ।
 
हाल नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत दैनिक १० किलो सुन बजारमा पठाउने गरेको छ । व्यवसायीहरुले यति सुनले आन्तरिक माग पनि नधान्ने भन्दै कोटा बढाउन माग गर्दै आइरहेका छन् ।
 
देउवाले कर तिरेर जति पनि सुन ल्याउन दिएमा तस्करी नियन्त्रण हुने धारणा राखेको ती नेताले बताए ।