Trending :
 

ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

श्रावण २९,२०८०

-आस्था न्यूज

साउन २९, २०८० काठमाडौं ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताएका छन् ।
 
सोमबार कांग्रेस संसदीय दलको बैठकमा उनले ल्हारक्यालको नियुक्तिबारे आफूले पछि मात्र थाहा पाएको बताएका एक सांसदले जानकारी दिए ।
 
सोमबारको बैठकमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतले ल्हारक्यालको नियुक्तिबारे प्रश्न उठाएका थिए ।
 
जवाफ दिने क्रममा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले भने उक्त निर्णयबारे थाहा पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको बताएका छन् ।