Trending :
 

क्षेप्यास्त्र उत्पादन बढाउन उत्तर कोरियाली नेता किमको निर्देशन

श्रावण २९,२०८०

-आस्था न्यूज

साउन २९, २०८० काठमाडौं ।
उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्देशन दिनुभएको छ । 
 
किमले गत हप्ता एक महत्वपूर्ण सैन्य बैठकमा युद्धको तयार लाई तिव्रता दिन आह्वान गरेपछि शुक्रबारदेखि शनिबारसम्म यी हतियार कारखाना (प्लान्ट) हरुको भ्रमण भएको हो ।
 
कोरियाली केन्द्रीय समाचार संस्था ९केसीएनए० का अनुसार किमले दुई दिनसम्म गरेको निरीक्षणमा सामरिक क्षेप्यास्त्र उत्पादन गर्ने कारखाना, ठूलो क्यालिबर कन्ट्रोल मल्टिपल रकेट लञ्चर शेलका साथै बख्तरबन्द लडाकु गाडी निर्माण गर्ने प्लान्टको भ्रमण पनि समावेश छ ।
 
रणनीतिक क्षेप्यास्त्र प्लान्ट फ्याक्ट्री भ्रमणका क्रममा किमले प्लान्टले उत्पादनमा उत्पन्न हुने वैज्ञानिक र प्राविधिक समस्यालाई परिपूर्ण बनाएको र हतियारको आधुनिकीकरणलाई अघि बढाएकोमा सन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
 
केसीएनएका अनुसार उहाँले विद्यमान क्षेप्यास्त्र उत्पादन क्षमतामा व्यापक वृद्धि गर्ने महत्वपूर्ण लक्ष्य राख्दै युद्धको तयारीलाई तीव्रता दिन कारखानाको भूमिकामाथि जोड दिनुभएको छ ।