Trending :
 

एमालेले अवरोध जारी राखेपछि प्रतिनिधि सभा बैठक स्थगित

श्रावण २९,२०८०

-आस्था न्यूज

साउन २९, २०८० काठमाडौं ।
प्रतिनिधि सभा बैठक स्थगित भएको छ । एक क्विन्टल सुन बरामद प्रकरणलाई लिएर प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको हो ।
 
एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।
 
सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनिल शर्मा र एमाले सांसद मानवीर राईलाई आकस्मिक समयमा बोल्न दिएपछि शून्य समयको कारबाही सुरु गर्ने बताएका थिए । त्यसपछि एमाले सांसदहरुले नाराबाजी सुरु गरेपछि बैठक भाद्र ३ गते दिउँसो १ बजेसम्म स्थगित भएको छ ।