Trending :
 

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

श्रावण ३०,२०८०

-आस्था न्यूज

साउन ३०, २०८० काठमाडौं । 
नेपाल राष्ट्र बैंकले आज साउन ३० गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४४ रुपैयाँ ९३ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १७ पैसा र बिक्री दर १६८ रुपैयाँ ९३ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।