सुन तस्करी अनुसन्धानमा सघाउन तयार रहेको कृष्णबहादुर महराको भनाई
-आस्था न्यूज
साउन ३०, २०८० काठमाडौं।
पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् ।
दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् ।
‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ? उनले उल्टै प्रश्न समेत गरेका छन् ।
उनले सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताए । त्यसबाहेक उनलाई आफूले नचिनेको उनको भनाइ छ ।
तर, महाराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गरे ।
उनले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गरे । बरु वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।