Trending :
 

वामपन्थी आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरेको ओलीको जिकिर

श्रावण ३०,२०८०

-आस्था न्यूज

साउन ३०, २०८० काठमाडौं। 
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन नगरी नहुने भएकाले गरिएको बताएका छन् । नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ छ ।
 
मंगलबार नेकपा एमाले वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको बताए ।
 
उनले आफ्नो प्रधानमन्त्रीकालमा प्रतिनिधिसभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने पनि जिकिर गरेका छन् । त्यसबेला आफूहरुलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै संसद्‍ विघटन गरिदिएर त्यो डोरी छिनाल्दिएको ओलीको दाबी  थियो ।
 
साथै उनले प्रतिनिधिसभा विघटन त्यसबेलाको अपरिहार्यता भएको भन्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरेका छन् ।