Trending :
 

पहिरोमा परी २५ जनाको मृत्यु, १४ जना बेपत्ता

श्रावण ३१,२०८०

-आस्था न्यूज

साउन ३१, २०८० काठमाडौं । 
म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड खानीमा पहिरोमा परी २५ जनाको मृत्यु भएको छ । घटनामा १४ जना अझै बेपत्ता छन् ।
 
आपतकालीन सेवा अधिकारीहरूले बेपत्ताको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएका छन्। अविरल वर्षा र बाढीका कारण आइतबार काचिन प्रान्तको हपाकान्त सहरको बाहिरी भागमा रहेको जेड खानीमा पहिरो गएको थियो।
 
मंगलबार बेलुकासम्म उद्धार कार्यका क्रममा २५ जनाको शव निकालिएको एक उद्धारकर्मीले सञ्चारमाध्यमलाई बताए । उनले १४ जना अझै बेपत्ता रहेको र उनीहरूको उद्धारका लागि बुधबार पनि उद्धार कार्य जारी रहने बताए । 
 
उद्धारकर्मीहरूले शवहरू फेला पार्न माटो सफा गर्नुपरेको थियो भने केही शवहरू पानीमा तैरिरहेका थिए।