Trending :
 

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, संसद अवरोध खुलाउने विषयमा छलफल

श्रावण ३१,२०८०

-आस्था न्यूज

साउन ३१, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को गतिरोध खुलाउन चासो लिएका छन् । संसद्मा भइरहेको गतिरोध खुलाउने विषयमा राष्ट्रपति पौडेलले बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
 
राष्ट्रपति पौडेलको आमन्त्रणमा ओली शीतल निवास पुगेका थिए । त्यसक्रममा राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच करिब एक घन्टा छलफल भएको छ ।
 
भेटमा राष्ट्रपति पौडेलले लामा समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्को गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए ।
 
राष्ट्रपति पौडेलले सत्तापक्ष र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूका बीचमा विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।