क-कस्लाई थाहा छ बूढानीलकण्ठ मन्दिर दर्शन गर्नु अघि जहा नागको पुजा गरिन्छ ?

श्रावण ३१,२०८०

-आस्था न्यूज

साउन ३१, २०८० काठमाडौं ।
बूढानीलकण्ठ नेपालको काठमाडौँ जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौँ उपत्यकाको उत्तर तर्फ शिवपुरी डाडाको काखमा अवस्थित छ। यहि देवस्थलको वरिपरिको स्थानलाई पनि बूढानीलकण्ठ भनिन्छ। यसलाई स्थानिय नेपाल भाषामा भुइजःसि नारायण भनिन्छ ।
 
परम्परा अनुसार बूढानीलकण्ठ मन्दिर दर्शन गर्नु अघि नागको पुजा गर्नुपर्ने प्रचलन गरेको छ । 
 
नीलकण्ठको प्रस्तुत शेषशायी पोखरी परिसरमा अन्य देवीदेवताका मूर्तिहरू एवं शिवलिङ्गहरूका साथै सत्तल, पाटीहरूका साथ यज्ञशाला, होम कुण्डहरू पनि छन्। भगवानको दर्शन पूजन गर्नाले धन धान्यादिले परिपूर्ण हुनुका साथै स्त्री पुत्रबाट सुख सन्तोष भई अन्तमा नारायण गति प्राप्त हुन्छ भन्ने नेपाल महात्म्य, हिमवत्खण्डमा उल्लेख गरिएको छ।
 
किम्वदन्ती अनुसार भगवान् बूढानीलकण्ठको मूर्ति निकै पुरानो हो। यो कुन समयमा, कसले बनाएका हुन् सो कुरा कसैलाई ज्ञात छैन। किंवदन्ती अनुसार एक जना किसानले आफ्नो खेत खन्दा उक्त मूर्तिको खुट्टाको औँलामा चोट लाग्न गई रगत समेत देखिएकाले पछि सो स्थानमा उत्खनन गरी हेर्दा उक्त विशाल मूर्ति भेटिएको हो। त्यसैगरी देवमाला वंशावलीमा राजा श्रृषभदेवले बूढानीलकण्ठको स्थापना गरेका हुन् भन्ने कुरा पनि उल्लेख छ तर उनले उत्खनन गरी जमीनमुनिबाट पाएको वा कुनै शिल्पीद्वारा बनाउन लगाई प्रतिष्ठित के गरेका हुन् स्पष्ट लेखिएको छैन। विक्रम संवत ३९८ मा राजा मानदेव प्रथमले धेरै शिवलिङ्गहरूको स्थापना गरे भन्ने त छ तर नीलकण्ठबारे केही उल्लेख छैन।
 
राजा प्रताप मल्ल बूढानीलकण्ठको उक्त भव्य मूर्तिलाई त्यहाँबाट हनुमानढोका दरबार लगी चोकमा राख्न एवं प्रतिष्ठापन गर्न चाहन्थे। यत्तिकैमा राजालाई सपनामा यो मूर्ति यहाँबाट कहीँ नलग्नु, स्थानान्तरण नगर्नु र तिमी र तिम्रा उत्तराधिकारीहरूले यो मूर्तिको दर्शन पनि नगर्नु, गरेमा अनिष्ठ हुनेछ भन्ने किंवदन्ती छ। यसैले उनले हनुमानढोका दरबार परिसरमा बूढानीलकण्ठकोको प्रतिमूर्ति बनाउन लगाए र सो मूर्ती आज सम्म हनुमानढोका दरबार परिसरमा रहेको छ। यसै बेलादेखि नेपालका गद्दिनसिन राजालाई बूढानीलकण्ठको दर्शन वर्जित रहेको थियो।
 
बूढानीलकण्ठ मन्दिरका पुजारीसँग हामीले उक्त मन्दिरका विषेशताका विषयमा गरेको कुराकानी यो लिंकमा हेर्न र सुन्न सकिन्छ:-
 
https://www.youtube.com/watch?v=JttNLOiPbXU