Trending :
 

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुदै छ कारोबार

श्रावण ३२,२०८०

-आस्था न्यूज

साउन ३२, २०८० काठमाडौं । 
आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
 
आज छापावाल सुनको मूल्य एक लाख १० हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ९ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँका कारोबार भइरहेको छ ।
 
बुधबार एक लाख ११ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १० हजार ६५० रुपैयाँमा तेजावी र चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।