Trending :
 

कांग्रेसले जुनसुकै भ्रष्टाचारका घटनामा सहयोग गर्ने

श्रावण ३२,२०८०

-आस्था न्यूज

साउन ३२, २०८० काठमाडौं । 
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस सांसद सुनिल शर्मालाई गलत समयमा पक्राउ गरेको बताएका  छन्। बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीविरुद्ध अभिव्यक्ति दिएपछि नै शर्मालाई पक्राउ गर्नुले निरंकुश प्रवृति हो की भन्ने प्रश्न उठेको समेत बताए।
 
उनले जुनसुकै भ्रष्टाचार प्रकरणमा सरकारले गर्ने अनुसन्धानलाई कांग्रेसले सहयोग गर्ने उल्लेख गरे । भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई सरकारले गर्ने अनुसन्धानलाई नजिकबाट हेरिरहेको उनको भनाइ छ । 
उनले देश तस्करहरुको स्वर्गको रुपमा परिणत भएकाले यसलाई बन्द गर्न पनि अनुसन्धानलाई निष्कर्षमा पुराउनुपर्ने धारणा राखे।