Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग:

साउदी राजकुमारको हेलिकप्टर दुर्घटनामा मृत्यु

कार्तिक २०,२०७४

-

२० कार्तिक,काठमाडौँ-

साउदी अरबका राजकुमार मन्सुर बिन मुकरिनको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् ।

असिर प्रान्तको उपराज्यपालसमेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किँदा दुर्घटनामा परेको बताइएको छ । हेलिकोप्टरमा सवार कोही पनि नबाँचेको बीबीसीले लेखेको छ ।

हेलिकोप्टर दुर्घटनाको कारण भने खुलेको छैन ।