Trending :
 

सदनको अवरोध खुलाउने विषयमा सभामुखले प्रधानमन्त्रीबीच छलफल गर्दै

भाद्र ०१,२०८०

-आस्था न्यूज

भदौ १, २०८० काठमाडौं ।
प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् । 
 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख र प्रधानमन्त्रीबीच छलफल हुन लागेको हो । सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् । 
 
सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेयता संसद् बैठक अवरोध गर्दै आएको छ ।