Trending :
 

होटलमा आगलागी हुँदा ३ जनाको मृत्यु, तीन जना घाइते

भाद्र ०१,२०८०

-आस्था न्यूज

भदौ १, २०८० काठमाडौं ।
इन्डोनेसियाको राजधानी जकार्ताको दक्षिणी भागमा बिहीबार अबेर राति एउटा होटल भवनमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु  भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
 
स्थानीय प्रहरीका अनुसार राति करिब ११ः५० बजे आगलागी भएको हो । स्थानीय समय अनुसार बिहीबार केबायोरान बारुको उपजिल्लामा रहेको एफ-२ होटलमा  लागेको  आगो शुक्रबार दिउँसो २ः४० बजे निभिएको थियो ।
 
जिल्लाका प्रहरी उपप्रमुख ट्रिबुआना रोजेनोले आगलागीमा तीनजना होटलका पाहुनाको मृत्यु भएको जनाकारी दिएका छन् । उनीहरू भेन्टिलेसन नभएको कोठामा फसेका थिए। आगलागीमा परी अन्य तीन जना पाहुना पनि घाइते भएका छन् र अहिले  उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा चुरोटको टुठाले आगलागी भएको खुलेको छ ।