Trending :
 

भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको हत्या

भाद्र ०१,२०८०

-आस्था न्यूज

भदौ १, २०८० काठमाडौं ।
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीहरूले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो ती पुरुषहरूलाई गोली हानी  हत्या गरिएको थियो ।
 
“गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतङ्ककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले। घटनामा गाउँका तीन जनाको मृत्यु भएको छ,“ उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन् । मारिएका मानिसहरू स्वेच्छाले गाउँको सुरक्षा गरिरहेको बुझिएको छ ।
 
हत्यापछि सरकारी सेना आक्रमणकारीलाई पक्रन गाउँमा पुगेका थिए । बहुसङ्ख्यक मेइती समूह र आदिवासी कुकी अल्पसङ्ख्यकबीच जातीय द्वन्द्वका कारण जारी हिंसामा हालसम्म राज्यमा १५० भन्दा बढीको ज्यान गएको छ । भीडले तोडफोड र आगजनी गरेको छ, जसमा सयौं घर र पसलहरू जलाइएको छ ।