Trending :
 

एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक भोलिदेखि सुरु हुने

भाद्र ०२,२०८०

-आस्था न्यूज

भदौ २, २०८० काठमाडौं । 
नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक ३ भदौमा सुरु हुने भएको छ ।
 
शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
 
दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुने उनले बताए ।
 
नेकपा एकीकृत समाजवादीले आगामी माघमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ ।