Trending :
 

संसद अवरोध हटाउनेबारे सभामुख र प्रमुख सचेतकबीचको बैठकमा जुटेन सहमति

भाद्र ०३,२०८०

-आस्था न्यूज

भदौं ३, २०८० काठमाडौं ।
संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुबीचको छलफलमा सत्तापक्ष प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न सकेन । 
 
सदनको अवरोध खुलाउन सभामुख घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सिंहदरवारमा आइतबार बिहान छलफल गरेका थिए ।
 
तर उक्त छलफलमा प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने पूर्ववत् अडान नछोडेपछि सहमति जुट्न नसकेको हो । बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँगको छलफलमा कुनै प्रगति नभएको प्रतिक्रिया दिए ।