Trending :
 

संसद अवरोध नहट्ने, प्रधानमन्त्री सहित राष्ट्रिय दलको बैठक पनि निष्कर्षविहीन

भाद्र ०३,२०८०

-आस्था न्यूज

भदौं ३, २०८० काठमाडौं ।
संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
 
१० साउनदेखि संसद अवरुद्ध छ । सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाएका थिए । सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान लिएको छ ।
 
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।
 
सीआईबीले पाएको समय अब दुई साता मात्र छ । त्यसैले त्यो बेलासम्म हेर्ने कि भन्ने पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जानकारी दिए ।