Trending :
 

सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै टुंगो लगाउँने दाबी

भाद्र ०३,२०८०

-आस्था न्यूज

भदौं ३, २०८० काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सीआईबीले नै टुंगोमा पुर्‍याउने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा बसेको सर्वदलीय बैठकपछि गृहमन्त्री श्रेष्ठले संसद्को अवरोध खुलाउने विषयमा आइतबारको छलफल सकारात्मक भएको बताए ।
 
‘संसद्को अवरोध खुलाउने विषयमा सर्वदलीय बैठक भएको छ । छलफल सकारात्मक दिशातिर छ, तर आज प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित हुनुभएकाले ठोस् निष्कर्षमा पुग्न सकिएन,’ उनले भने, ‘सोमबारसम्ममा सकारात्मक निष्कर्ष आउँछ भन्ने आशा जागेको छ ।’
 
उनले सुन तस्करी प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने दाबी गरे ।