Trending :
 

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार पनि जारी रहने

भाद्र ०३,२०८०

-आस्था न्यूज

भदौं ३, २०८० काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । आइतबार पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म जारी रहेर स्थगित भएको हो । 
 
बैठक सोमबार बिहान ११ बजेदेखि पुनः सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 
 
उनका अनुसार आजको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले बोलेका छन् । यसअघि तय भएका  ७ एजेण्डामाथि उमेश डाँगी, कृष्ण पन्त, कृष्ण खनाल, गणेश बिके, गणेश काङवाङ, चिरञ्जिवी आचार्य, दिलु पन्त, धर्म निरौला, निरा जैरु, बसन्त मानन्धरलगायतले धारणा राखेको उनको भनाइ छ । 
 
आजको बैठकमा बोल्दै अध्यक्ष माधव कुमार नेपालले अगाडि आइपर्ने सबैखालका गम्भीर चुनौतीको सामना गर्न तयार भएर आफूहरुले नयाँ पार्टी बनाएका बताउँदै यो पार्टी नै कम्युनिस्टमा सबैभन्दा उत्तम विकल्प भएको बताए । 
 
उनले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेपनि बताए । उनले सबैखालको भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिँदै सरकारले गरेको कामको प्रशंशा पनि गरेका थिए ।