Trending :
 

मंगलबार १७ अंकले बढ्यो नेप्से

भाद्र ०५,२०८०

-आस्था न्यूज

भदौं ५, २०८० काठमाडौं ।
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १७.६९ अंकको वृद्धि आएको छ । 
 
कारोबार सुरुवाती समयमा बढेर सुरु भएको नेप्सेले केही तलमाथि हुँदै अन्तिमसम्म नै वृद्धि कायम राख्यो । कारोबार बन्द हुँदासम्म परिसूचक २०१५ अंकमा पुगेर रोकिएको हो ।
 
०.८८ अंकको सुधारसँगै आज नेप्सेमा १ अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आज १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।
 
परिसूचक दोहोरो अंकले बढ्दा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२ रुपैयाँले बढेर ५७९ रुपैयाँ पुगेको छ । यस्तै, आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा समेच ४.४२ प्रतिशतको गिरावट आएको छ ।
 
परिसूचक दोहोरो अंकले बढ्दा कारोबारमा आएको सबै १३ वटै समूहको सूचक बढेको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक १२२ अंक, उत्पादनमूलक समूहको सूचक ८३ अंक र होटल र टुरिजम समूहको सूचक ७० अंकले बढेको छ । यस्तै, जीवन बीमा समूहको सूचक ५० अंघ बढेको छ भने विकास बैंक समूहको सूचक ४३ अंकले बढेको छ ।
 
आजको वृद्धि नेप्सेमा साताको तेस्रो कारोबार दिनमा पहिलो हो ।