Trending :
 

महिला टि-ट्वेन्टी क्रिकेटमा आज नेपाल र कुवेत भिड्दै

भाद्र ०६,२०८०

-आस्था न्यूज

भदौ ६, २०८० काठमाडौं । 
मलेसियामा जारी महिला टि ट्वेन्टी क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले आज कुवेतसंग प्रतिश्पर्धा गर्दैछ । 
 
पहिलो खेलमा मंगलबार हङकङलाई ६ विकेटले हराएको नेपाल आज बुधबार कुवेतसंग खेल्न लागेको हो ।
 
मलेसियाको वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा मंगलबार भएको खेलमा हङकङले दिएको ८५ रनको चुनौति नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९ ओभर १ बलमा अलआउट हुँदै ८४ रन बनाएको थियो ।
 
नेपालका लागि सम्झना खड्काले अविजित ३६ रन बनाइन् ।
 
हङकङका लागि कप्तान क्यारी चानले सर्वाधिक ३४ रन बनाइन् । बलीङतर्फ नेपालकी लागि सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिइन् । अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप 
 
नेपाल र हङकङसहित मलेसिया र कुवेतले चारदेशीय टी–ट्वेन्टी श्रृंखला खेलिरहेका छन् ।