Trending :
 

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

भाद्र ०६,२०८०

-आस्था न्युज

भदौ ६, २०८० काठमाडौँ ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
 
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।  
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।