Trending :
 

ललिता जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई किन पक्राउ गरिएन ? शाही

भाद्र ०६,२०८०

-आस्था न्यूज

भदौ ६, २०८० काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीहरुको नाममा पास भएको भन्दै सीआईबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । 
 
बुधबार  प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले देशमा  ठूला नेतालाई कानून नै नलाग्ने र जनतालाई चाँहि गल्ती नगरेपनि कान समाएर जेल हाल्ने काम भएको बताए । उनले यसको विरुद्ध सदनमा आवाज उठाउने मात्र नभई सडकमा आन्दोलन गर्ने चेतावनी समेत दिए । 
 
सांसद शाहीले ११३ रोपनी ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीहरुको नाममा जग्गा पास गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेर अहिले केहि व्यवसायीलाई दुःख दिन कै लागि पक्राउ गरिएको दावी पनि गरे ।