Trending :
 

गिरिबन्धु टी स्टेटको ५६ सय रोपनी जग्गाको छानविन गर्न माग

भाद्र ०६,२०८०

-आस्था न्यूज

भदौ ६, २०८० काठमाडौं ।
नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेटको जग्गाको बारेमा सरकारले ध्यान दिनु पर्ने बताएका छन् । 
 
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले तत्कालीन एमाकले सरकारको पालामा गिरिबन्धु टि स्टेटको जग्गा बदनियत राखेर टी स्टेटलाई चलाउन दिएको बताए । 
 
गिरिबन्धु टि स्टेटको जग्गा बहुचर्चित ललिता निवासको जग्गा प्रकरण भन्दा पनि खतरनाक रहेको भन्दै उनले भने, ‘गिरिबन्धु टी स्टेटको जग्गा झन्डै ६५ सय रोपनी जग्गा कौडीको भाउमा दिएर देशको सम्पति ब्रम्ह्लुट गर्ने काम भएको छ यसमा सरकार चनाखो हुनुपर्छ भनेर अनुरोध गर्न चाहान्छु ।’
 
सांसद खतिवडाले शहरीकरणको नाममा तत्कालीन सरकारले टी स्टेटको जग्गा व्यक्तिको स्वार्थ पूर्ति गर्न ललिता निवास भन्दा ठूलो घोटाला गरेको भन्दै त्यसमा छानविन गर्नुपर्ने माग गरे ।