Trending :
 

तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

भाद्र ०७,२०८०

-आस्था न्यूज

भदौ ७, २०८० काठमाडौं।
नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
 
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कायम रहेको छ । 
 
आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भई १ हजार ४६० रुपैयाँ कायम भएको छ ।