Trending :
 

सामाजिक सञ्जालबाट हुने डिजिटल हिंसालाई रोक्न निर्देशिका नै आवश्यकः मन्त्री शर्मा

भाद्र ०७,२०८०

-आस्था न्यूज

भदौ ७, २०८० काठमाडौं।
सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सञ्जालबाट हुने डिजिटल हिंसा न्यूनीकरणका लागि तत्काल नियमावली वा निर्देशिका नै बनाएर समस्याको सम्बोधन गर्नुपर्ने बताएकी छन् । 
ललितपुरमा आयोजित डिजिटल हिंसालाई सम्बोधन गर्न आवश्यक नीति,चुनौती र समस्या समाधान तथा अन्वेषण एक अन्र्तक्रिया कार्यक्रममा मन्त्री शर्माले यस्तो धारणा राखेकी हुन् ।
 
उनले सामाजिक सञ्जालबाट जानेर गरिने हिंसा र नजानेरै हुने हिंसालाई सम्बोधन गर्न सक्ने हिसावले स्वनियमनलाई नै जोड दिएर आमसञ्चार कानून भन्दा पहिला नियमावली बाटै सम्बोधन गर्नुपर्नेमा जोड दिईन् ।
 
सामाजिक सञ्जालबाट हुने गरेका चरित्र हत्या, हिंसालाई कानून निर्माण गर्नुभन्दा पहिल्यै नियमावलीमार्फत भएपनि सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
 
त्यस्तै उनले सामाजिक सञ्जालबाट हुने हिंसा न्यूनीकरणका लागि सरकारले नै लक्षित जनसंख्यालाई साइबर शिक्षा र सुरक्षाबारे जनचेतनामूलक कार्यक्रम गर्नेमा जोड दिइन् । 
 
उनले बढ्दो डिजिटर हिंसाले बढाएको समस्या र चुनौतीलाई कानूनमा पनि कसरी सम्बोधन गर्न सकिन्छ त्यसमा सरकारलाई सुझाउन सरोकारवाला निकायलाई आग्रह गरिन् । 
 
कार्यक्रममा सहभागी सरोकारवाला निकाय, सञ्चारकर्मी तथा कलाकारहरुले सामाजिक सञ्जालमा हुने गरेका हिंसात्मक गतिविधिलाई स्वनियमनले मात्रै नपुग्ने र प्रभावकारी रुपमा कानूनी उपचारमा जानुपर्ने धारणा राखेका छन् ।