Trending :
 

चर्को विरोधकाबीच फुकुसिमा आणविक ऊर्जा केन्द्रको रेडियोधर्मी पानी महासागरमा मिसावट

भाद्र ०७,२०८०

-आस्था न्यूज

भदौ ७, २०८० काठमाडौं।
चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ ।
 
लगभग पाँच सय ४० वटा ओलम्पिक पौंडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा आजदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ । 
 
सन् २०११ को सुनामीपछि बिग्रिएका आणविक रिएक्टरहरूलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकहरूले बताएका छन् ।
 
अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएईए० को स्वीकृतिमा पानी प्रवाह गरिएको हो । आइएइएएका सुपरिवेक्षकहरू आणविक केन्द्रको जलप्रवाहस्थलमा बस्ने र उनीहरूले केन्द्रबाट महासागरमा प्रवाह भएको पानी र माछाको नमूना सङ्कलन गर्नेछन् ।
 
जापानले ट्रिटियम बाहेक सबै रेडियोएक्टिभ तत्वलाई प्रशोधन गरिएको बताएको छ ।  ती तत्वलाई पानीबाट हटाउन सकिदैन । हाइड्रोजन आइसोटोप पनि प्रवाह गरिएको छ । 
 
आइएईएले आणविक केन्द्रको दूषित पानी प्रशोधन गरी सुरक्षितरूपमा  महासागरमा प्रवाह गर्ने जापानको योजनाले स्वास्थ्य र वातावरणमा प्रभाव नगण्य हुने भन्दै गत महिना जापानी प्रस्तावलाई अनुमोदन गरेको भए पनि त्यसको निरन्तर विरोध भइरहेको छ ।