नेपालमा पढ्दै छ वरलक्ष्मीको पूजा, के छ व्रतको महत्व ? भिडियो सहित

भाद्र ०७,२०८०

-आस्था न्यूज

भदौ ७, २०८० काठमाडौं।
वरलक्ष्मी जीलाई भगवान विष्णुकी पत्नी मानिन्छ। सनातन धर्ममा देवी वरलक्ष्मीको पूजालाई धेरै महत्त्वपूर्ण मानिन्छ। यस वर्ष २५ अगस्ट २०२३ मा वरलक्ष्मी पर्व मनाइँदैछ। उक्त दिन घरमा सामान ल्याएमा व्यक्तिको सौभाग्य बढ्ने विस्वास रहेको छ । 
 
यो व्रत देवी लक्ष्मीलाई समर्पित गरिन्छ। यस दिन माता लक्ष्मीको पूजा गर्ने र व्रत बस्ने गरिन्छ छ । 
 
वरलक्ष्मी व्रत राख्नाले धनकी देवी धेरै प्रसन्न हुन्छिन् भन्ने विस्वार रहदै आएको छ । यो व्रतलाई वरदान सरह मानिन्छ। यस दिन लक्ष्मीको पूजा गर्नाले धन, ऐश्वर्य, सन्तान, सुख र सौभाग्य प्राप्त हुने जनविश्वास छ । यो व्रत विशेष गरी दक्षिण भारतीय राज्यमा मनाइन्छ। पछिल्लो समय नेपालमा पनि यो ब्रत बस्ने चलन बढ्दै गएको छ ।
 
यस दिन विवाहित महिलाहरूले आफ्ना श्रीमान र सन्तानको कामनाका लागि दिनभर व्रत बसी लक्ष्मीको पूजा गर्छन् । 
 
भिडियो सहितhttps://www.youtube.com/watch?v=KW7gbGCeeLc