Trending :
 

अर्थतन्त्रका विषयमा राष्ट्र बैंकका गभर्नर र राष्ट्रपतिबीच छलफल

भाद्र ०८,२०८०

-आस्था न्यूज

भदौं ८, २०८० काठमाडौं ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
 
शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच कुराकानी भएको हो।
 
गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको अर्थतन्त्रका समग्र विषयमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ।