भ्रष्टाचार नियन्त्रण नभएसम्म विकास सम्भव नरहेको गृहमन्त्री श्रेष्ठको भनाई
-आस्था न्यूज
भदौं ८, २०८० काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण नभएसम्म विकास सम्भव नरहेको बताएका छन् ।
माओवादी केन्द्रको पार्टी प्रवेश कार्यक्रममा उनले, सुशासन कायम नगरी विकास सम्भव नरहेको तर्क गरेका हुन् ।
कमिशन खोर र उनीहरुको संरक्षणमा लागेकाहरुको निद हराम भएको उनको भनाई छ । उनलले भने ‘सुशासन कायम नगरी भ्रष्टाचार, कमिशन, तस्करी, कालाबजारी, ठगीलाई अन्त्य गरेर नयाँ वातावरण सिर्जना नगरि समृद्ध र विकासको प्रक्रिया तीव्र हुदैँन् । त्यसको लागि हामी सुशासनको बाटोमा अगाडि बढेका छौ । त्योदेखि सकेपछि जो भ्रष्टाचार, तस्करी, कमिशनखोरीमा संलग्न छन्, तीनका रक्षा गर्ने काममा संलग्न छन् तीनिहरु आतंकित बनेका छन् ।’
उनले सरकारविरुद्ध विभिन्न खाले आक्रमण भइहरेको जिकिर गरे ।
उनले भने ‘सरकारलाई एउटापछि अर्को अक्रमण गर्ने र यसको व्यवहारिक नेतृत्वलाई असफल बनाउँन र त्यसमाथि आक्रमण गर्न खनिएका छन् । आफ्नो अभियान सफल पार्न सरकार प्रतिद्ध छ त्यसमा हामी हल्लिनेवाला छैनौ । किनभने हाम्रो पार्टीको औचित्यनै त्यती बेला पूरा हुन्छ, जब यो देशलाई विकसित र समृद्ध बनाउँछौ ।’
उनले सरकार नेपाली जनतालाई नयाँ जीवन दिने बाटोमा लागेको दाबी गरे ।