Trending :
 

राष्ट्रिय सभा बस्दै

भाद्र १०,२०८०

-आस्था न्यूज

भदौ १०, २०८० काठमाडौं । 
राष्ट्रिय सभाको बैठक आजकालागि बोलाइएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि राष्ट्रिय सभा बैठक बोलाइएको हो ।
 
प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि मात्र बोलाइएको छ । प्रतिनिधिसभा अन्र्तगतका दश संसदीय समिति सभापतिका लागि सोमबार निर्वाचनको मिति तोकिएकाले बैठक मंगलबार मात्र बस्ने संसद सचिवालयले जनाएको छ ।