Trending :
 

दुर्घटनामा नयाँ खबर:

ट्रक दुर्घटनामा १० लाख मौरीको मृत्यु

कार्तिक २१,२०७४

-

२१, नर्थ क्यारोलिना-

सडक दुर्घटनामा मान्छेको मृत्यु भएको खबर त हाम्रा लागि नौलो कुरा भएन । तर जब सडक दुर्घटनामा परेर मान्छे होइन, मौरीको निधन भएको समाचार आउँछ तब त्यो साँच्चीकै नौलो खबर बन्छ ।

हालै अमेरिकामा यस्तो घटना भएको छ । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा एक भीषण सडक दुर्घटनामा परेर १० लाख मौरीले ज्यान गुमाएका छन् । मोन्टाना सहरबाट नर्थ क्यारोलिना आएको एक ट्रक सडक दुर्घटनामा परेको हो । ट्रक ड्राइभरले एउटा कारलाई बचाउने कोसिस गर्दा असन्तुलित भए दुर्घटना भएको बताइएको छ । असन्तुलित कार ठोक्किएर पल्ट्यो । ट्रक दुर्घटनामा परेपछि ट्रकमा रहेका मौरीका घार कच्याक कुचुक हुँदा झण्डै १० लाख मौरी मरे ।

दुर्घटनामा घाइते मौरीलाई पनि निकाल्न सकिएन र उल्टै साबुन–पानी छर्किएर मारियो ।

मौरीधनी नाथन स्मिथका अनुसार दुर्घटनामा नष्ट भएका यी मौरीको मूल्य १० लाख डलर पर्दथ्यो ।

मौरीको मृत्युले स्मिथलाई त घाटा लाग्यो नै त्यसले पूरै अमेरिकालाई पनि असर पार्ने बताइएको छ । अमेरिकाको मह उत्पादनमा नै मौरीको मृत्युले असर पार्ने अनुमान गरिएको छ ।