Trending :
 

गठबन्धन नै देशलाई रुवान्डा बनाउने खेलमा लागेको सांसद न्यौपानेको आरोप

भाद्र १०,२०८०

-आस्था न्यूज

भदौ १०, २०८० काठमाडौं ।
राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले, सत्तारुढ गठबन्धन नै देशलाई रुवान्डा बनाउने खेलमा लागेको आरोप लगाएकी छिन् । 
 
राष्ट्रिय सभाको आइतबारको बैठकमा, सांसद भगवती न्यौपानेले, देशलाई रुवान्डा बनाउने खेल भइरहेको र त्यसमा गठबन्धन नै संलग्न रहेको भन्दै आक्रोश पोखेकी छिन् । 
 
‘बहुजात बहुधर्म बहुसंस्कति नेपालीको जे पहिचान छ त्यो हाम्रो गर्व हो अभिसाप होइन् जातिय सद्भावमा खलल पुग्ने् गरी जे गतिविधिहरु भैरहेका छन् । त्यो अत्यन्तै दुखद छ । आज कोशीमा पहिचानका नाममा जातिय सद्भावमा खलल पुग्ने खालका गतिविधि भइहरेको छ ।
 
त्यसलाई उक्साउने काम गठबन्धनबाट भइहेको छ । त्यसलाई उक्साउने र अराजकतिर लैजाने काम भैरहेका छन् ।’ उनले भनिन् ‘मिलेर बसेका नेपालीहरुलाई जात जातका नाममा लडाँई  गराएर यो देशलाई रुवान्डा बनाउन हामी चाहाँदैनौं । ’