Trending :
 

विदेशमा सिकेको सीप र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री डा. महतको आग्रह

भाद्र १०,२०८०

-आस्था न्युज

भदौ १०, २०८० काठमाडौँ । 
अर्थ मन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यान्कुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् । 
 
आईतबार क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँगको छलफल तथा अन्र्तक्रियामा अर्थमन्त्री महतले यस्तो आग्रह गर्नु गरेका हुन्  । 
 
अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा उर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यम लगायतका क्षेत्रहरू लगानीको लागि आकर्षक रहेको मन्त्री महतले बताए । 
 
यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पूरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गरे  ।