चीनमा चार दशक यताकै ठुलो वर्षा, बाढीले जनजिवन तहसनहस
-आस्था न्यूज
भदौ ११, २०८० काठमाडौं ।
चीनले यसपटकको गर्मी याममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढीनै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ ।
जानकारीहरुका अनुसार जवलायु परिवर्तनको असर भएको र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी छ।’
आफू बसेको क्षेत्रमा ३८ वर्षको यो उमेरसम्म पहिलोपटक बाढी देखेको झाङ झन्ह्वा बताउँछन् । ‘बाढीले हाम्रो धानबाली पूरै नष्ट गर्यो । चार दशकको यस अवधिसम्म मैले पहिलोपटक बाढी देखेको हुँ,’ उनले भने ।
बाढीका कारण त्यहाँ कुनै मानवीय क्षति भने हुन पाएन । वुनचाङक्षेत्रका बासिन्दालाई पहिले नै सतर्क गराइएको थियो । उनीहरु समथल भूभाग उचाइतर्फ स्थानान्तरण भएका थिए ।
बाली विनास हुँदा वुनचाङ मात्रै नभएर समग्र राष्ट्रलेनै कठिन परिस्थिति व्यहोर्न सक्ने आँकलन गरिएको छ । चीनको दक्षिण पूर्वी प्रान्त हिलोज्याङमा बाढीले धेरै क्षति पुर्याएका खाद्य आपूर्ति श्रृंखलामै असर पुग्न बताइएको छ । वुनचाङमा मात्रै ४० प्रतिशत धानबालीमा बाढीले क्षति पुर्याएको छ । यसबखत हरियाली हुनुपर्ने फाँट उजाड छन् ।
स्थानीय कृषक झाओ लुझाङ भन्छिन्,’हामीले रोपेको धान सबै बाढीले डुबायो । अब यो वर्ष यहाँ धान रोपाईं सम्भव छैन । यसको असरको मूल्यबारे कुरै नगरौं । बाढी आउँदा निकै रोएँ,’उनले भनिन् ।
बाढीमा ८१ जनाले ज्यान गुमाएका छन् । बाँचेकाहरुलाई राज्यले सहायता गरिरहेको छ । यो वितण्डाको आर्थिक असर भने अत्यधिकनै छ । कोरोनाकालपछि अर्थतन्त्र सुधारमा अग्रसर चीनलाइ यसले धक्का पुर्याउने जानकारहरुको मत छ ।
दशक यताको तथ्यांक हेर्दा चीनले गर्मी याममा मासिक ६ देखि आठ पटक बाढी वेहोर्थ्यो । तर गत वर्षको तथ्यांक हेर्ने यो भने यो संख्या १ सय ३० पुगेको छ । जुलाइ र अगस्टमा मात्रै ८२ पटक बाढी आएको छ । एजेन्सी