Trending :
 

सुनको मूल्य आज पनि स्थिर

भाद्र ११,२०८०

-आस्था न्युज

भदौ ११ ,२०८० काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको सुनको बजार मूल्य अनुसार आज पनि सुनको मूल्यमा घट्बढ भएको छैन । आइतबार छापावाला सुन १ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भएको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख १० हजार ५ सय ५० रुपैयाँ तोकिएको छ ।महासंघका अनुसार यो साता सुनको भाउ लगातार चार दिनसम्म स्थिर नै रहेको छ ।गत बिहीबार १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको सुन त्यसपछि भने मूल्यमा घटबढ भएको छैन । 
 
तर,चाँदीको मूल्य भने घटबढ भईरहेको छ । आइतबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ ।