Trending :
 

३ करोड रुपैयाँसम्मको कर्जामा चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन लागू नहुने

भाद्र ११,२०८०

-आस्था न्यूज

भदौ ११, २०८० काठमाडौं । 
अब उत्पादनमूलक उद्योगमा प्रवाह भएको ३ करोड रुपैयाँसम्मको कर्जामा चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन लागू नहुने भएको छ । 
 
नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनमार्फत यस्तो व्यवस्था गरेको हो । उद्योग बाहेक कर्जाको हकमा भने १ करोड रुपैयाँसम्म विद्यमान सीमा भने यथावत राखिएको छ ।
 
‘समग्र बैंकिङ प्रणालीबाट कुल १ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा कुल ३ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू हुने छैन,’ संशोधित मार्गनिर्देशनमा भनिएको छ । यसअघि सबै प्रकारको कर्जामा यस्तो सीमा १ करोड रुपैयाँसम्म थियो ।
 
यस्तै, फर्मरसंस्थारकम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा ४ करोड रुपैयाँसम्म) को चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । 
 
यसअघि कुल २ करोड वा सोभन्दा कम रकमको चालू पुँजीकर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबाररबिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था थियो ।
 
 ‘औचित्य देखिएका कर्जाका फाइलहरुमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबाररविक्रीको अधिकतम ५० प्रतिशतले हुन आउने रकमसम्ममा चालु पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन,’ मार्गदर्शनमा भनिएको छ । यसअघि यस्तो सीमा अधिकत ४० प्रतिशत थियो ।
 
यस्तै, उत्पादनमूलक उद्योग भन्नाले कच्चा पदार्थ वा अर्धतयारी सामानको प्रयोगबाट निश्चित मानवरमेसिनरीको प्रयोग गरी मूल्य अभिवृद्धि गराई कुनै वस्तु उत्पादन गर्ने उद्योगलाई जनाउने पनि राष्ट्र बैंकले प्रस्ट्याएको छ ।