Trending :
 

नायक अरमान मलिकले गरे प्रेमिकासँग इन्गेजमेन्ट

भाद्र ११,२०८०

-आस्था न्यूज

भदौं ११, २०८० काठमाडौं ।
बलिउडका उत्कृष्ट गायकमध्ये एक हुन् अरमान मलिक । उनले सोमबार आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । अरमानले आशना श्राफसँग इन्गेजमेन्ट गरेका हुन् ।
 
यी दुईले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा इन्गेजमेन्टको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् । ‘जब तक’ गीतका गायक निकै लामो समयदेखि आशना श्राफसँग सम्बन्धमा थिए ।
 
अरमानले इन्स्टाग्राममा तीनवटा तस्बिर साझा गरेका छन् । पहिलो फोटोमा गायक घुँडा टेकेर आफ्नी प्रेमिकालाई औँठी लगाइरहेको देखिएका छन् ।
 
यस्तै दोस्रो फोटोमा उनीहरू एक अर्कालाई अँगालो हालेर खुसी व्यक्त गरिरहेको देख्न सकिन्छ । यी दुईको फोटो सार्वजनिक भएपछि यिनीहरूलाई बधाईको ओइरो लागेको छ ।