Trending :
 

राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त

भाद्र ११,२०८०

-आस्था न्यूज

भदौ ११, २०८० काठमाडौं । 
राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
 
राष्ट्रपति पौडेलले उहाँहरुलाई आज नेपालको संविधानको धारा २८२ को उपधारा को १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।