Trending :
 

प्रतिनिधिसभा बैठक बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

भाद्र १२,२०८०

-आस्था न्यूज

भदौ १२, २०८० काठमाडौ । 
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
 
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ ।
 
यस्तै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।