विन लादेनलाई गोली हानेर मार्ने अमेरिकी सैनिक पक्राउपछि अमेरिकामा हलचल
-आस्था न्यूज
भदौ १२, २०८० काठमाडौ ।
अमेरिकी प्रहरीले पूर्व नौसेना अधिकारीलाई पक्राउ गरेपछि अमेरिकामा हलचल मच्चिएको छ ।
प्रहरीले पक्राउ गरेका पूर्वअफिसर पाकिस्तानको एबोटाबाद सहरमा प्रवेश गरी आतङ्कवादी ओसामा बिन लादेनलाई मार्ने अभियानमा संलग्न थिए।
न्युयोर्क टाइम्सका अनुसार रोबर्ट ओनिल नामका पूर्व नौसेना अधिकारीलाई मदिराको प्रभावमा अव्यवस्थित आचरणको आरोपमा टेक्सास शहरबाट पक्राउ गरिएको थियो।
समाचार अनुसार ४७ वर्षीय रोबर्ट जे ओनिललाई बुधवार फ्रिस्कोमा मुद्दा दर्ता भएपछि पक्राउ गरिएको थियो। तर, पक्राउ परेको केही घण्टामै २ लाख ८८ हजार धरौटीमा रिहा भएको समाचार बाहिरिएको थियो ।
सन् २०१४ मा ओनिलले आफैँले खुलासा गरेका थिए कि उनले २०२१ को पाकिस्तानमा आतङ्कवादीको कम्पाउन्डमा छापा मार्ने क्रममा गोली चलाएको थियो, जसले बिन लादेनलाई मारेको थियो। यद्यपि अमेरिकी सैन्य अधिकारीहरूले ओनिलको दाबीलाई कहिल्यै पुष्टि गरेका छैनन् ।