Trending :
 

मंगलबार कतिमा भैरहेको छ सुन चाँदीको कारोबार ?

भाद्र १२,२०८०

-आस्था न्यूज

भदौं १२, २०८० काठमाडौं ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको हो । 
 
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढेर १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढेर आज प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।