Trending :
 

सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क हुन नसकेको प्रधानमन्त्रीको स्वीकार

भाद्र १२,२०८०

-आस्था न्यूज

भदौं १२, २०८०काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोचेको जस्तो अर्थतन्त्र चलायमान नभएको बताएका छन् । 
 
मंगलबार काठमाडौंमा आयोजित उपत्यका विशेष प्रदेश समिति प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा ठूलो दवाव भएको बताए । 
 
उनले भने ‘ अर्थतन्त्रमाथि भएको अहिलेको दवावको अन्त्य भएको छैन् । नेपाल अहिले पनि कतिपय सन्दर्भमा निकै ठूलो दवावमा छ । अर्थतन्त्र त्यति चलायमान भएको छैन् । सरकार र सरकारको नीतिप्रति, व्यवसायीहरु ढुक्क हुन सकेका छैनन् । ’ 
 
उनले आम जनतालाई विश्वासमा लिने आवश्यकता अझै पनि बाँकी भएको बताए । 
 
नेपालमा पछ्याएको विकासको मोडल पनि फेल भएको प्रधानमन्त्री दाहालको भनाइ छ । 
 
उनले भने ‘ नेपालले पछ्याईरहेको विकासको मोडल अन्तर्गत १६ औं मोडलमा छौं तर यो फेल भएको मोडल हो । यसले अग्रगति दिन सकेन, देशको अर्थतन्त्रमा यसले रुपान्तरण ल्याउन सकेन । यसमा आमूल परिवर्तन आवश्यक छ । ’