Trending :
 

युवा शक्तिलाई स्वदेशमा टिकाई राख्न आवश्कय छः नाउपा अध्यक्ष श्रेष्ठ

भाद्र १२,२०८०

-आस्था न्यूज

भदौं १२, २०८०काठमाडौं ।
नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवा शक्तिलाई स्वदेशमा टिकाई राख्नु आवश्यक भएको बताएकी छिन् । 
 
मंगलबार बसेको प्रदेश पदाधिकारीहरुको बैठकमा उनले युवा शक्तीलाई देशमै टिकाउन पनि स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक भएको तर्क गरिन् । उनले भनिन् ‘युवा शक्ति स्वदेशमा नै टिकाईराख्न स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यक छ ।’
 
नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीले विषयबस्तुमा आधारित रहेर विषयबस्तु भन्दा बाहिर नगएर बैठकमा बस्न आग्रह गरे ।