Trending :
 

आँखा पाक्ने रोग रोकथामका लागि सरकारको तयारी के छ ? आस्मा कुमारी

भाद्र १२,२०८०

-आस्था न्यूज

भदौं १२, २०८०काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आँखा पाक्ने भाईरल रोगको रोगथामको लागि संघीय द्रुत प्रतिकार्य समिति गठन भई रोगथामको काम भइरहेको बताएका छन् । 
 
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद आस्मा कुमारी चौधरीले उठाएको प्रश्नको जवाफमा उनले रोगको रोगथामको लागि संघीय द्रुत कार्य प्रतिकार्य समिति गठन भई रोगथामका कार्य भईरहेको र सङक्रमितहरुलाई सहजरुपमा औषधी उपचारको व्यवस्था मिलाईएको जानकारी दिएका हुन् । 
 
उनले भने,‘आँखा पाक्ने भाईरल रोग रोक्न तथा नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङख्या मन्त्रालयल देशभरका अस्पतालबाट अभियान सुरु गरेको छ । 
 
समुदाय स्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यहरुसाथ सङक्रमितहरुलाई सहजरुपमा औषधी उपचारको व्यवस्था मिलाईएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत कार्य प्रतिकार्य समिति गठन भई रोगथामका प्रवद्र्धनमा बिभिन्न कार्यपनि भईरहेको छ ।’