Trending :
 

राराको पर्यटन विकासका लागि पूर्वाधार निमार्ण सरकारको उच्च प्राथमिकतामा

भाद्र १२,२०८०

-आस्था न्यूज

भदौं १२, २०८०काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले, पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निमार्णका कार्यलाई सरकारको उच्च प्राथमिकतामा राखेको बताएका छन् । 
 
प्रतिनिधि सभाका सांसद ऐन बहादुर शाहीले उठाएको प्रश्नको जवाफ दिँद उनले भने, ‘पर्यटनको विकास आवश्यक पूर्वाधार निमार्णका कार्य सरकारको उच्च प्राथमिकतामा छन् ।
 
रारालगायत पर्यटकीय स्थलको विकास संघीय स्रोतबाट सञ्चालन हुने कार्यक्रम बाहेक प्रदेश तथा स्थानीय तहबाट समेत आफ्नो क्षेत्रभित्र रहि पूर्वाधार निमार्ण तथा पर्यटन प्रवर्धनका कार्यहरु सञ्चालनमा रहेको छ ।  
उनले कर्णाली राजमार्ग अन्तरगतको नाग्म गमगढि सडक निमार्णलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेर कामहरु अगाडि बढेको पनि बताए । 
 
चीन भ्रमणको क्रममा चीन र नेपालबीच नयाँ व्यापारिक नाका खोल्ने विषय लगभग निश्चित भएको उनको भनाई छ ।
 
म आज प्रतिनिधि सभाा सांसद शाहीले प्रधानमन्त्रीलाई चीनसँग नेपालका उत्तरी सिमासँग जोडिएका नाकाहरु खोल्ने ऐजेण्डाको बारेमा गरेको प्रश्नमा उनले नयाँ सीमा नाका खोल्ने विषयमा लगभग सहमति भइसकेको जानकारी दिए । 
 
उनले भने, ‘मेरो चीन भ्रमणको क्रममा चीन र नेपालबीच नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने कुरा निश्चित भएको छ । त्यस सन्दर्भमा मुगुको नाच्य नाग्लाको विषयलाई पनि उठाउँने र त्यसबारेमा एउटा निष्कर्ष लिने कोशिस हुने छ ।’