Trending :
 

गणतन्त्रमा नेतातन्त्र कसरी भयो ? सांसद अमरेश सिंह

भाद्र १२,२०८०

-आस्था न्यूज

भदौं १२, २०८० काठमाडौं ।
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरेका छन् ।
 
मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले हरेक बैठकमा प्रधानमन्त्रीको छोरीलाई सहभागी गरिने गरेकोमा आपत्ति जनाउँदै गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरे । 
 
उनले भने,‘गणतन्त्र भनेको जनताको शासन हो । गणतन्त्रमा नेतातन्त्र कसरी भयो ? नेताको छोरी या प्रधानमन्त्रीको छोरीले हरेक मिटिङमा बस्न कसरी पाउँछ ?प्रश्न गर्न चाहान्छु । यस्तै नेता र उनीहरुको बच्चा बाट नै छ गणतन्त्रको खतरा र भ्रष्टाचारको जरा त्यहिबाट सुरु हुन्छ ।’
 
उनले भ्रष्टाचारको काण्ड सबै खोल्ने तर टुङ्गोमा किन पुुग्दैन् भनेर प्रश्न गरे ।